काठमाडौँ । कास्कीमा एक पुरुषलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको दिक्तेल घर भई हाल पोखरा महानगरपालिका १३ काहुखोला बस्दै आएका ३० वर्षीय उमेश राई छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।
२७ मंसिरको राति ११ बजे आफ्नो घर बाहिर बसिरहेको बेला गुरुङमाथि पेट्रोल छर्केर आगो लगाइएको थियो । थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ ।
पेट्रोल छर्केर आगो लगाउनुको कारणबारे अनुसन्धान भइरहेको पोखराका डीएसपी वसन्त शर्माले बताए । उनीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।