काठमाडौँ । कैलालीमा बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जना पक्राउ परेका छन् । भजनी नगरपालिका १ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्ने गुरुवासहितका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भजनी नगरपालिका १ का २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लाहानु चौधरी र ३५ वर्षीय रुपा चौधरी रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । उनकाअनुसार २८ वर्षीया महिलामाथि बोक्सीको आरोपमा कुटपिट गरेको किटानी जाहेरी परेपछि चारै जनालाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो ।