काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सवारी साधन आवतजावत गर्न सहजीकरण गरिदिए वापत घुस माग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनलाई अख्तियारले २५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्