शनिबार र आइतबार वर्षाको सम्भावना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । देशका केही स्थानमा शनिबार राति र आइतबार वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शनिबार रातिदेखि बढ्नेछ । त्यसको प्रभाव आइतबार बढी हुने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । त्यस दिन सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशका केही स्थानमा हिमपातको पनि सम्भावना रहेको उनले बताए ।

आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना छ । यहाँ शनिबार वर्षाको सम्भावना नरहेको उनले स्पष्ट पारे ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव योपटक पनि पश्चिम नेपालमै बढी देखिने उनले बताए । पश्चिम नेपालबाट आइतबार रातिदेखि त्यसको प्रभाव विस्तारै घट्नेछ । उक्त प्रणालीको प्रभावले चिसो हुने र अधिकतम तापक्रम घट्ने उनले जानकारी दिए ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्