काठमाडौं । कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ परेका छन् । सोमबार राति २ बजे बर्दगोरिया गाउँपालिका ३ स्थित जीवन खत्रीको घरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका ३ का तपेन्द्र खड्का, विनोद अधिकारी, सुरज ओली, सुर्खेतको चौकुने गाउँपालिकाका तिलकबहादुर बन्तोला, मोहन खत्री, घोडाघोडी नगरपालिका २ का कटक थापा, बर्दगोरिया १ का केशव बुढा, उपेन्द्र सुनार, तारामान कुँवर र लोकबहादुर बिक रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
डीएसपी बोहराका अनुसार उनीहरुको साथबाट तासको गड्डी, ११ थान मोबाइल र ६२ हजार ८५५ रुपैयाँ नगद बरामद गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्