काठमाडौँ । किशोर अपहरणमा संलग्न भएको आरोपमा एक भारतीयसहित तीन जना पक्राउ परेका छन् । र्लाहीको ब्रह्मपुरी गाउँपालिका–४, बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्राउ पर्नेमा ब्रह्मपुरी गाउँपालिका–४, निवासी ६८ वर्षीय रामजी साह, १९ वर्षीय बिक्रम पासवान र भारतको बिहार राज्य सीतामढी जिल्ला राजबाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेका जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
उनीहरुले १५ वर्षीय किशोरलाई भारतबाट अपहरण गरी नेपाल ल्याएर बन्धक बनाई फिरौती मागेको उजुरीको आधारमा प्रहरीले छापा मारेर पक्राउ गरिएको हो।
उनीहरूको साथबाट एकथान कटुवा पेस्तोल, दुई राउन्ड गोली, एकथान मोबाइल सेट, एकथान चक्कु र हतौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई प्रहरीले शरीर बन्धक हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।