विवाहको उमेरहद १८ वर्षमा झार्न संसदीय उपसमितिको सुझाव,लिभिङ टुगेदरलाई पनि कानुनी दायरामा ल्याउन माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेरहद १८ वर्षमा झार्न सुझाव दिएको छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कानुन कार्यान्वयनबारे उपसमितिले अध्ययन तथा अनुगमन गरेपछि यस्तो सुझाव दिएको हो ।

मुलुकी देवानी संहिता, २०७४ को दफा ७० को उपदफा १ (घ) मा विवाह गर्ने उमेर २० वर्ष रहेको छ । लिभिङ टुगेदरमा केटाकेटी बस्ने गरेको र पछि केही कुरामा केटा र केटी दुवै वा कुनै एक पक्षको कुरा नमिल्दा उक्त कार्य समेत जबरजस्ती करणीमा जाहेरी पर्ने गरेकाले उक्त कुरा पनि कानुनमा समेटिनु पर्ने सुझाव समितिको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्