Skip to content

जापान पठाइदिन्छु भन्दै १२ लाख ठग्ने पक्राउ

कालोपाटी

११ महिना अगाडि

काठमाडौँ । वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका ६ घर भई हाल काठमाडौंको बालाजु बस्ने ३७ वर्षीय रमेश चौधरी रहेका छन् ।

जापान पठाइदिने भन्दै चौधरीले पीडितसँग १३ लाख ३२ हजार ५ सय रुपैयाँ ठगी गरेर बेपत्ता भएको उजुरीको आधारमा उनलाई २९ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्