काठमाडौँ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट गए राति दुई सय सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाका प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
मेचीनगर–६ स्थित मेचीपुलबाट भारतको पश्चिम बङ्गाल दार्जिलिङ प्रान्त थाना दुलालज्वतका ३० वर्षीय मोहम्मद अनवर हुसेन, भद्रपुर नगरपालिका–३ नयाँ बस्तीकी ४५ वर्षीया सविता भन्ने दोमासी राजवंशी र अर्जुनधारा नगरपालिका–८ का ३४ वर्षीय अर्जुन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । रासस