काठमाडौँ । बाराको साविक आदर्श गाविसका तत्कालीन सचिवविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हाल जितपुर सिमरा उपमहानगरपालिकाको साविक आदर्श गाविसका तत्कालीन सचिव आस महमद अन्सारीविरूद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनले आर्थिक वर्ष २०६४/६५ मा गुदरी बजार र मिना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा लिएको धरौटी बापतको ३८ लाख ३० हजार ५०० रूपैयाँ साविक गाविसको धरौटी खातामा जम्मा गर्नुपर्नेमा सो नगरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।
त्यतिबेला सटर भाडामा लगाउँदा १२१ जना व्यक्तिहरूबाट अन्सारीले सो रकम लिएको र बदनीयतपूर्ण वडाको खातामा जम्मा नगरी हिनामिना गरेको पुष्टी भएकाले विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्