Skip to content

बुधबार एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

कालोपाटी

३ महिना अगाडि

काठमाडौँ। बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

मंगलबार स्थानीय बजारमा सुन प्रतितोला रु दुई लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा रु ४५ घटेर रु दुई हजार ५५० मा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्