Skip to content

Leader Watch : एमाले र काँग्रेसका लोकप्रिय युवा नेताजति अधिकांश बालेनसँग मिलेर जाने तयारीमा !

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । एमाले र काँग्रेसका लोकप्रिय युवा नेताजति अधिकांश बालेनसँग मिलेर चुनाव लड्ने तयारीमा रहेको पाइएको छ । उनीहरुले विभिन्न गोप्य भेलामार्फत यस्तो तयारी गरेका हुन् ।
यस विषयमा एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेर बहादुर देउवालाई अत्तोपत्तोसमेत नभएको भेलामा सहभागी भएका एक एमाले नेताले बताए ।
बालेनले रवि लामिछानेसँग मिलेर जाने कि देश बिकास पार्टीका नाममा एक्लै चुनाव लड्ने भन्ने विषयमा आन्तरिक छलफलसमेत गरिरहेका छन् । बालेनको कोर टीमले रविसँग मिलेर जाने वा एक्लै जाने भन्ने विषयमा दुवै विकल्पमा तयारी गर्नुपर्ने बताएपछि सोहि अनुसारको भेटघाट तीब्र बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्