Skip to content

नेपाली महिला क्रिकेट टोलीले अमेरिकालाई ४ विकेटले हरायो

कालोपाटी

७ घण्टा अगाडि

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघिको तेस्रो अभ्यास खेलमा नेपालले अमेरिकालाई ४ विकेटले पराजित गरेको छ।

अमेरिकाले दिएको १५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका सम्झना खड्काले ४९ रन र पूजा महतोले ४३ रन बनाए। अमेरिकाकी नोरिस र लेखा सेट्टीले २–२ विकेट लिए।

अमेरिका २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो। अमेरिकाकी एला क्लारिजले ३९ रन बनाइन् भने नेपालकी मनिषा उपाध्यायले २ विकेट लिइन्।

यसअघि नेपाल पहिलो दुई अभ्यास खेलमा अमेरिका र स्कटल्यान्डसँग पराजित भएको थियो। आजको खेलमा नेपालले अन्तिम समयमा टोलीमा केही परिवर्तन गरेको थियो।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट माघ ४ देखि त्रिवि मैदान र माथिल्लो मूलपानी मैदानमा सुरू हुँदैछ। नेपालले समूह चरणका चार खेल त्रिवि मैदानमा खेल्नेछ। प्रतियोगितामा शीर्ष चार टोलीले आगामी वर्ष इङ्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्