Skip to content

रवि–बालेन एक हुँदा छुटे कुलमान

कालोपाटी

१८ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच राजनीतिक एकता भएको छ । तर उक्त एकता प्रक्रियामा सहभागी रहेका उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङ भने अन्ततः बाहिरिएका छन् ।

हिजो साँझ बालेन र कुलमानबीच एकतासम्बन्धी प्रारम्भिक वार्ता सुरु भएको थियो । सोही वार्तामा पछि रास्वपा सभापति रवि लामिछाने सहभागी भएका थिए । तर अन्तिम चरणमा भएको सहमति रवि र बालेनबीच मात्र सीमित भएको स्रोतको दाबी छ ।

एकता प्रक्रियाबाट अलग भएपछि उज्यालो नेपाल पार्टीले एकताको नाममा आत्मसमर्पण स्वीकार्य नहुने स्पष्ट पारेको छ । पार्टीले आफ्ना एजेन्डा र राजनीतिक अस्तित्व जोगाउँदै स्वतन्त्र रूपमा अघि बढ्ने संकेत गरेको छ ।

रवि–बालेन एकताले नयाँ राजनीतिक समीकरणको संकेत गरे पनि कुलमान घिसिङ बाहिरिनुले वैकल्पिक राजनीतिभित्रको शक्ति सन्तुलन र भविष्यको सहकार्यबारे प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्