Skip to content

सुनचाँदीको भाउ सामान्य बढ्यो

कालोपाटी

३ दिन अगाडि

काठमाडौँ । हिजो घटेको सुनको भाउ आज सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुनको भाउ २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो भने, बुधबार यो अहिलेसम्मकै उच्च २ लाख ७८ हजार रुपैयाँमा पुगेको थियो।

यस्तै, चाँदीको भाउ पनि आज बढेको छ। महासंघका अनुसार चाँदी तोलामा १ सय ६० रुपैयाँले बढेर ५ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदीको भाउ अहिलेसम्मकै उच्च ५ हजार ६ सय ५५ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार