काठमाडौं । आज विश्व क्यान्सर दिवस। क्यान्सरप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर विविध कार्यक्रमसहित विश्व क्यान्सर दिवस मनाइन्छ।
सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित *‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’*बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस औपचारिक रूपमा मनाउन थालिएको हो।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार हरेक वर्ष विश्वभर करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको छ। धूमपान, तमाखु सेवन तथा अस्वस्थ जीवनशैली क्यान्सरका प्रमुख कारणका रूपमा रहेको डब्ल्यूएचओले जनाएको छ।
स्वास्थ्य विज्ञहरूले क्यान्सरको जोखिम घटाउन स्वस्थ जीवनशैली अपनाउन, नियमित स्वास्थ्य परीक्षण गर्न तथा प्रारम्भिक चरणमै उपचार सुरु गर्न आग्रह गरेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्