काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य गिरावटसहित बन्द भएको छ । बजार १.६४ अंकले घटेर २६८१.५० बिन्दुमा पुगेको हो । दिनभरको कारोबारमा बजार सामान्य उतारचढावमा देखिए पनि कारोबार रकम भने उल्लेख्य रह्यो ।
आज कुल ३२६ कम्पनीका १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये ६ वटा उपसमूहको सूचक बढेको छ भने ७ वटा उपसमूह घटेका छन् ।
आज कालिन्चोक दर्शन लिमिटेड, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखुखोला जलविद्युत लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । अर्कोतर्फ, एचएलआई लार्ज क्याप फन्ड र रावा इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै घट्ने कम्पनीमा परेका छन् ।
उपसमूहतर्फ फाइनान्स र जलविद्युत समूह बढे पनि बैंकिङ, लघुवित्त र जीवन बीमा समूहमा गिरावट देखिएको छ । कारोबार रकमका आधारमा अपर तामाकोशी शीर्ष स्थानमा रह्यो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्