काठमाडौँ। पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान पर्सि आइतवारदेखि देशभर सुरु हुने भएको छ । यस अभियानअन्तर्गत झन्डै साढे ३ लाख बालिकालाई खोप लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार कक्षा ६ मा अध्ययनरत तथा १० वर्ष पुगेका बालिकालाई एचपीभी खोप लगाइनेछ । साथै, गत वर्षको अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप प्रदान गरिनेछ ।
विद्यालय जाने बालिकालाई विद्यालयमै खोप लगाइने व्यवस्था गरिएको छ भने विद्यालय नजाने किशोरीले नजिकको स्वास्थ्य संस्थाबाट खोप लिन सक्नेछन् । खोप अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ ।
सरकारले एचपीभी खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिसकेको छ । गत वर्ष करिब १६ लाख किशोरीलाई खोप दिइएकोमा ९४ प्रतिशतले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये एक मानिन्छ । यो क्यान्सर मुख्यतः ह्युमन पापिलोमा भाइरसको संक्रमणका कारण हुने भएकाले समयमै खोप लगाउनु सुरक्षित र प्रभावकारी उपाय भएको चिकित्सकहरूको भनाइ छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्