Skip to content

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ  । वीर अस्पताल ले स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा कटौती गर्दै दीर्घरोगका बिरामीलाई औषधि एकपटकमा एक महिनाका लागि मात्र उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि बिरामीले तीन महिनासम्मको औषधि बीमा मार्फत पाउँथे।

अस्पतालका निर्देशक डा। दिलीप शर्मा का अनुसार, बीमा बोर्डले लामो समयदेखि भुक्तानी नगरेको कारण सेवा कटौती गर्नुपरेको हो। अस्पताललाई बीमा मार्फत ४० करोडभन्दा बढी रकम लिन बाँकी रहेको छ।

डा। शर्माले भने, “वीर गरिबको अस्पताल भएकाले सबै सेवा बन्द गर्दा बिरामी मारमा पर्छन्। अहिले आर्थिक दायित्व कम गर्नका लागि सेवा थोरै कटौती गरेका हौं। सरकारले पैसा नदिँदा औषधि किन्न र उपकरण बनाउन पनि समस्या छ। सेवाको व्यवस्थापन नै मुस्किल भइरहेको छ।”

स्वास्थ्य बीमा कार्यक्रम हाल चरम आर्थिक संकटमा परेको छ। लामो समयदेखि भुक्तानी नपाएपछि ठूला अस्पतालहरूले समयसीमा तोकेर सेवामा कटौती गर्न थालेका छन्। बोर्डका अनुसार असार मसान्तसम्म सूचीबद्ध स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ।

यसले बिमित नागरिकलाई सेवाबाट वञ्चित पार्ने मात्र होइन, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार