काठमाडौँ । सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतोलाई प्रहरीले पक्राउ गरेको छ। स्रोतका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो।
उच्च स्रोतका अनुसार महतोले भारतीय सुटर प्रयोग गरी हत्या गराइएको आशंका गरिएको छ । गत फाल्गुन ३ गते सर्लाहीको मलंगवा नगरपालिका-१० मा रहेको डेराको प्यासेजमा गोली हानी सब-इन्जिनियर यादवको हत्या गरिएको थियो।
स्रोतका अनुसार पक्राउ परेका महतो यादवसँगैको लोकसेवाका वैकल्पिक उम्मेदवारसमेत रहेका थिए। साथै उनी सर्लाहीकै एक स्थानीय तहमा करार सेवामा कार्यरत रहेको पनि बुझिएको छ। स्रोतको अनुसार यादवको हत्यापछि आफ्नो नाम अघि बनाउने र सरकारी जागिरका लागि मुख्य दाबेरदार हुने लोभमा उनको हत्या गराइएको बुझिएको छ ।
प्रहरीले बुधबार अदालतबाट महतोमाथि अनुसन्धानका लागि १५ दिनको म्याद थप लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्