धनगढी, बैशाख २६ ।
धनगढी उपमहानगरपालिकामा एक युवकले लकडाउनको अवधी भर निःशुल्क गाडीको सुबिधा दिने हुनुभएको छ । धनगढी उपमहानगरपालिका वडा नं २ बस्ने गणेश बमले आकस्मिक स्वास्थ्य सेवाको लागि भन्दै धनगढी उपमहानगरपालिका क्षेत्र भित्र अस्थायी र स्थायी रुपले बसोबास गर्ने अशक्त असहाय तथा जेष्ठ नागरिक नागरीक तथा गर्भवती महिलाहरुका लागी भन्दै लकडाउनको अवधिभर सेवा भाव हेतुले यातायात सुबिधा गर्नु भएको हो ।
आजमात्रै बमले पुर्नबास नगरपालिका बिकासबस्ती बस्ने एक बृद्ध महिलाका नाती (एक बालक) लाई अत्याधिक ज्वरो आएपछि धनगढीको एक अस्पतालमा लगिदिनु भएको थियो ।
हाल निज बालकका बुबा आमा रोजगारीका लागी भारत गएको र घरमा ज्येष्ठ नागरीक बजै मात्र भएको हुनाले सानो सहयोग मात्र गरेको गणेश बमले बताउनु भएको छ । त्यस्तै उहाँले लकडाउनमा धनगढी उपमहानगरपालिका भित्र रहेका समस्यामा परेका हरुलाई सहयोग गर्ने दावी समेत गर्नुभयो । अत्यवश्यक परेको खण्डमा सहयोगका लागि आफ्नो व्यक्तिगत नम्बर ९८६५८२२७३४ समेत दिनुभएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्