काठमाडौं, वैशाख २७ ।
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तका ३, उदयपुरका ३ तथा पर्साका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
जसमा कपिलवस्तुका १७ र १८ वर्षका (२ जना) किशोरमा भाइरस संक्रमण देखिएको छ । यसैगरी, उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिला तथा पर्साको छपकैयाका ६२ वर्षे पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या १०९ पुगेको छ । नयाँ संक्रमण पुष्टि भएका ७ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्