Skip to content

दीपेन्द्रको कप्तानीमा यूएईसँग टी-२०आई खेल्ने नेपाली टोली घोषणा

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् ।

यस्तै टी-२०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन् । मल्लले टी-२० विश्वकप एसिया छनोटमा पछिल्लोपटक खेलेका थिए । साउदले सन् २०२२ मा केन्याविरुद्ध खेलेका थिए ।यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टी-२०आई टोलीमा स्थान बनाएका छन् । दुवैले डेब्यू गर्न बाँकी छ ।

क्यानले टी-२०आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ ।

नेपाली टोली स् दीपेन्द्रसिंह ऐरी ९कप्तान० २ कुशल भुर्तेल ३ कुशल मल्ल ४ सन्दीप जोरा ५ आरिफ सेख ६ बसिर अहमद ७ गुलशन झा ८ लोकेस बम ९ सन्दीप लामिछाने १० नन्दन यादव ११ सन्तोष यादव १२ अर्जुन साउद १३ हेमन्त धामी १४ साहब आलम १५ शेर मल्ल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार