काठमाडौ । उचारचढावपूर्ण रहेको सेयरबजार शुक्रबार भने सामान्य अंकले बढेको छ । शुक्रबार नेप्से ५.३६ अंकले बढेर २ हजार ८३८.४० विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३३५ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १०८ कम्पनीका सेयरमूल्यमा सुधार आएको छ भने १५० कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।
आज कुल १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम विहीबारको तुलनामा २० प्रतिशतले कमी हो ।
आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचक अन्तरगत होटेल तथा पर्यटन, जलविद्युत, उत्पादनशील तथा प्रशोधन, व्यापार तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् । वाणिज्य बैंक, विकास बैंक, वित्त, लगानी, जिवन बीमा, लघुवित्त, म्युचुअल फण्ड तथा निर्जीवन बीमा समूहका परिसूचक ओरालो लागेका छन् ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटेल फरेष्ट ईन, पाल्पा सिमेन्ट इन्ड्रष्टीज तथा शिखर पावर डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने एसियन हाइड्रोपावर लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड तथा इमर्जिङ नेपाल लिमिटेडका सेयरधनी रहेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्