काठमाण्डौ । शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली २०८२’ स्वीकृत भएसँगै नेपाल स्टक एक्सचेन्स (नेप्से)ले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो ।
नयाँ नीतिअनुसार प्रि–ओपन सेसनको मूल्य सीमा ५ प्रतिशत कायम गरिएको छ, यसअघि २ प्रतिशत थियो ।
यसैगरी नेप्से परिसूचकमा आधारित सर्किट ब्रेकर अब तीन तहको सट्टा दुई तहको कायम भएको छ । कारोबार शुरू भएको २ घण्टाभित्र सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ भने ८ प्रतिशतले घटबढ भएमा त्यो दिनको सम्पूर्ण कारोबार बन्द हुनेछ ।
आज शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से १३ दशमलव १७ अङ्कले घटेर २ हजार ८२५ दशमलव २३ विन्दुमा झरेको छ ।
आज होटल तथा पर्यटन र व्यापार समूह बाहेक सबै समूहको सूचक घटेको छ । आज १९७ वटा कम्पनीको शेयर घटेकोमा ६५ वटाको बढेको छ । यस्तै ६ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज दोल्ती पावर कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव ३५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पोल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर डेभलपमेन्टको शेयर १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गउको बिहीवार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ३४९ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ५ अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्