Skip to content

महिला टी-२० च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । पहिलो संस्करणको आईसीसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।

खेल रुवान्डामा नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरु हुनेछ । नेपाल पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा इटालीलाई र तेस्रो खेलमा घरेलु टोली रुवान्डालाई हराएको थियो । चौथो खेलमा नेपाल भानुआतुसँग हार्‍यो ।

आईसीसीले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् । सबै टोलीले एक अर्कासँग दुई पटक खेल्नेछन् ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार