काठमाडौं । गाैंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सह–निर्माणमा बनेको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक भएको छ ।
अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल’को आइतबार निर्माण टिमले आइप्लेक्स मल, नयाँ बानेश्वरमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरेको हो ।
कार्यक्रममा अभिनेत्री आँचल शर्माले चलचित्र पारिवारिक कथामा आधारित रहेको बताएकी छन् ।
आँचलले महिला निर्देशकसँग काम गरेको अनुभव पनि सकारात्मक रहेको उल्लेख गरिन् । उनका अनुसार निर्माण टिमले सहज वातावरणमा काम गर्ने अवसर प्रदान गरेको थियो, जसले अभिनयलाई थप प्रभावकारी बनाएको उनले बताइन् ।
उनले भनिन्, ‘यो पारिवारिक कथामा केन्द्रित चलचित्र हो । तर यसमा आमा, माइली र जेठीका रुपमा निभाएका पात्रहरुले रमाइलो अनुभूति भएको छ । फिमेल निर्देशकसँग काम गर्दा सहज भएको छ ।’
ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ । विवाह र सम्बन्धलाई लिएर परिवारभित्र बुनिएको जटिल बुझाइ र दृष्टिकोणलाई निर्देशक सहारा शर्माले सहजरुपमा चित्रण गरेकी छन् ।
मुख्य पात्र आँचल विवाहलाई लिएर खुसी छैनन् । परिवार भने उनको विवाहमा सामाजिक प्रतिष्ठा देखिरहेको छ । यसबीच, परिवारभित्र आउने सम्बन्ध र अपेक्षाको उतारचढावले ट्रेलरलाई रोचक बनाएको छ ।
फिल्ममा निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीको पनि अभिनय छ ।
फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् । निर्माण टोलीमा जर्मन निर्मातामा सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल छन् । फिल्म ‘एक मुठ्ठी बादल’ १ जेठ अर्थात १५ मेमा रिलिज हुनेछ ।
कालोपाटी
१ घण्टा अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्