काठमाडौं । नेपाली एक्सन फिल्मको सफल श्रृंखला ‘१२ गाउँ’ को सिक्वेल ‘१२ गाउँ २’को औपचारिक छायांकन सुरु गरिएको छ । निर्देशक बिराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको सुटिङ बुधबारदेखि गीत छायांकनबाट सुरु गरिएको हो ।
फिल्मको छायांकन काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा हुने निर्माण टिमले जनाएको छ । दशैंको अवसर पारेर फूलपातीमा फिल्म रिलिज मिति राखिएको छ ।
फिल्ममा बिराज भट्टसँगै समिर भट्ट, अनुप विक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूको अभिनय रहनेछ ।
छायांकन पक्षमा डीओपीको रूपमा महेश पौडेल रहेका छन् भने कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन्। एक्सन दृश्यका लागि ईस्टनर सिल्वा र शंकर महर्जनले फाइट कोरियोग्राफी गर्नेछन्। फिल्मको ब्याकग्राउन्ड म्युजिक कालाचरण र गीता गुरप्पाले तयार पार्नेछन् भने संगीतकारमा युग भुसाल, देबेन्द्र बराल र डीपी खनाल रहेका छन् ।
गीतमा सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराईको स्वर रहनेछ। फिल्मको निर्माण व्यवस्थापन भोला सुबेदी (आरजे प्रणब) र रमेश खड्काले सम्हाल्नेछन् भने नृत्य निर्देशन सियोन श्रेष्ठले गर्नेछन् ।
वितरणतर्फ उपत्यकामा काफिया फिल्म्स प्रालिले र उपत्यका बाहिर कुबेर फिल्म्सले जिम्मा लिएका छन् । एक्सन र मनोरञ्जनको भरपूर मिश्रण रहने अपेक्षा गरिएको ‘१२ गाउँ २’ दर्शकमाझ प्रतिक्षा बनेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्