Skip to content

१.६४ अङ्कले घट्यो नेप्से, ३ अर्ब १९ करोडको कारोबार

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचकमा सामान्य गिरावट देखिएको छ। बुधबार बजार बन्द हुँदा नेप्से सूचक १.६४ अङ्कले घटेर २७११.२२ विन्दुमा कायम भएको छ ।

आज दिनभरिको कारोबारमा ३३६ वटा कम्पनीका ७१ लाख ३१ हजार सेयर खरिदबिक्री भए । यसबाट कुल ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरूमध्ये १०४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै नाफा कमाउनेमा फर्वार्ड माइक्रोफाइनान्स रहेको छ, जसको सेयर मूल्य १३.७४ प्रतिशतले बढेर १३०० रुपैयाँ पुगेको छ ।

त्यस्तै अपर लोहोरे हाइड्रोपावरको मूल्य ५.९५ प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्ड–२ ‍को ५.१६ प्रतिशतले वृद्धि भएको छ। भगवती हाइड्रोपावरमा सबैभन्दा धेरै ८.९० प्रतिशत गिरावट आएको छ ।

समूहगत आधारमा आज मिश्रित परिणाम देखिएको छ । बैंकिङसहित पाँच वटा समूहमा सुधार हुँदा अन्य आठ समूह घटेका छन् घटबढ भएका सबैको एक प्रतिशत भन्दा कम मात्रै उतारचढाव देखिएको छ ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको २२ करोड ११ लाख ५३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

दोस्रो स्थानमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ, जसको १६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै, नेशनल हाइड्रोपावर र ङादी ग्रुप पावर पनि उच्च कारोबार हुने कम्पनीहरूको सूचीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार