काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ ।
अस्ति शुक्रबार कारोबार भएको भाउमा एक हजार रुपैयाँले घटेर सुन आज तोलाको २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९९ हजार ९०० रुपैयाँ थियो ।
सुनको भाउ घटेको दिन आज चाँदीको भाउ बढेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले बढेर तोलाको ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ अस्ति शुक्रबार तोलाको ५ हजार २७५ रुपैयाँ थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्