काठमाडौं । फुटबल स्टार लियोनेल मेस्सीको जन्मदिनको अवसरमा DGO र हिमालयन स्पोर्ट्सले फिफा विश्वकप २०२६ लक्षित ‘अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान सार्वजनिक गरेका छन्। अभियानअन्तर्गत DGO एपबाट सिजन पास वा मोबाइल पास खरिद गर्ने ग्राहकले मेस्सी, क्रिस्टियानो रोनाल्डो तथा नेयमारको हस्ताक्षरित आधिकारिक जर्सी, भियतनाम टुर प्याकेज, ५५ इन्च र ४३ इन्च स्मार्ट टिभी, स्मार्टफोन तथा मौलाकाली रिसोर्टमा डिलक्स बसाइ लगायतका आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।
अभियानमा सहभागी हुन DGO एप डाउनलोड गरी अकाउन्ट दर्ता गर्नुपर्ने, एपबाट सिजन वा मोबाइल पास खरिद गर्नुपर्ने तथा DGO का आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेज फलो गर्नुपर्नेछ। यो योजना असार ७ (२१ जुन) देखि साउन १ (१५ जुलाई) २०२६ सम्म सञ्चालन हुनेछ। नेपालभित्रका सक्रिय DGO प्रयोगकर्तामात्र यस अभियानमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्