काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण आज साँझ हुने भएको छ।
महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम आज साँझ ६:३० बजे महाधिवेशनस्थलको हलमा आयोजना गरिनेछ।
आयोजकले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ।
रास्वपाको आइतबारदेखि महाधिवेशन सुरु भएकामा पदाधिकारीको निर्वाचन सकेर आजै शपथ हुन लागेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्