Skip to content

‘एमालेसँग तत्काल सहकार्य हुन्छ’: प्रचण्ड

कालोपाटी

१० मिनेट अगाडि

काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग तत्काल सहकार्य गरिने बताउनुभएको छ ।

मोरङको विराटनगरमा आज पार्टीको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सडकदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ्ने बताउनुभएको हो । साथै उहाँले पालिका र प्रदेश तहको आउँदो चुनावमा एमालेसँग सहकार्यको सहमति हुनेगरी छलफलमा रहेको बताउनुभएको छ ।

प्रचण्डले वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुने उल्लेख गर्नुभयो । देशको नेतृत्व फेरि पनि कम्युनिस्ट शक्तिले नै गर्न सक्ने उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार