काठमाडौं । नेकपाका नेता झलनाथ खनालले मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रमूलक रूपमा हत्या भएको बताएका छन्।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अत्यन्त रहस्यमय, कायरतापूर्वक र षडयन्त्रपूर्ण ढङ्गले हत्या गरिएको बताए।
उनले भने, ‘कसले हत्या गरेका थिएरु ती कुराहरूलाई आजसम्म पनि पत्ता लगाउन नसक्ने कमजोरी हामी भित्रै छ। तर उहाँमाथि जुन प्रकारको एउटा हत्याको षडयन्त्र रचियो, त्यो नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने देश र विदेशका प्रतिक्रियावादीहरूको घोर षडयन्त्र हो। यो षडयन्त्र उहाँमाथि मात्र होइन, यो सिङ्गो कम्युनिस्ट आन्दोलनमाथि जारी छ।’
उनले अहिले पनि षड्यन्त्र जारी रहेको भन्दै सबैले सतर्क भएर अगाडि बढ्नु अत्यावश्यक रहेको बताए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्