काठमाण्डौ । शेयर बजार लगातार सातौँ कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ६३ अङ्कले घटेर २ हजार ६०८ दशमलव ३३ विन्दुमा झरेको छ । नेप्से असार ८ गतेयता घटिरहेको हो । नेप्से ७ दिनमा ९३ अङ्कभन्दा धेरैले ओरालो लागेको छ ।
आज सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक १ दशमलव ७४ प्रतिशतले ओरालो लागेको छ । यस्तै जलविद्युत्, उत्पादन तथा प्रशोधन र अन्य समूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै फाइनान्स समूह १ प्रतिशतले ओरालो लागेको छ ।
आज २३५ वटा कम्पनीको शेयर घटेकोमा ३५ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयर १४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन स्नो रिभर्सको शेयर १५ प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो २ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३६५ वटा कम्पनीको ८७ लाख ३७ हजार कित्ता शेयर ३ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्