Skip to content

२ दिन बढेको शेयर बजार आज घट्यो

कालोपाटी

८ घण्टा अगाडि

काठमाण्डौ । लगातार २ दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ३० अङ्कले घटेर २ हजार ६५३ दशमलव ४० विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ । आज १५९ वटा कम्पनीको शेयर घटेकोमा १०४ वटाको बढेको छ । यस्तै १४ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज अपर लोहोरे खोला हाइड्रोपावरको शेयर साढे १३ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सानीगड हाइड्रो, स्नो रिभर्स, कलङ्गा हाइड्रोको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ११ करोडको कारोबार भएकोमा आज ३४५ वटा कम्पनीका ८५ लाख ८४ हजार कित्ता शेयर ४ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार