काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गन्तव्यमा पुग्न सही बाटोबाट हिँड्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै १०० दिनको समीक्षा गर्दा सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरे।
उनले भने, ‘नेपालको संविधानले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाएको छ। संसद् सार्वभौम जनताको प्रतिनिधि संस्था हो। त्यही संस्थाको सदस्य प्रधानमन्त्रीज्यू हुनुहुन्छ। उहाँको सरकार त्यही संसद्को विश्वासमा टिकेको हो। त्यसैले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्छ। तर विगतको १०० दिनमा प्रधानमन्त्रीज्यूको कार्यशैली हेरेपछि म प्रधानमन्त्रीज्यूलाई स्मरण गराउँछु– धुरीमा चढेपछि सिँढी भुल्न हुँदैन। तपाईँ सत्तामा सत्ताको धुरी चढ्ने, अनि तपाईँलाई धुरीमा पुर्याउने संसद् बिर्सिने? संसद्लाई अवमूल्यन गर्ने?’
प्रधानमन्त्रीले संसद्मा उपस्थित हुनु भन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नेको बताए।
उनले थपे, ‘लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै कुरा होइन सभामुख महोदय। सँगै म स्मरण गराउन चाहन्छु– प्रख्यात हुनु र लोकप्रिय हुनु पनि एउटै होइन। सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर भएर कार्य गर्न गाह्रो छ।’
उनले प्रधानमन्त्रीलाई भाइरल हुने बाटो अब त्याग्न सुझाव दिए। उनले भने, ‘प्रधानमन्त्रीका रूपमा मुलुकलाई सही ढङ्गले ड्राइभ गर्नुहोस्। एक्सप्रेस वे मा ड्राइभ गर्नुहोस्, तर निकै सम्हालेर गर्नुहोस्। दुर्घटना पर्दा तपाईँ मात्र होइन, सिङ्गो देश दुर्घटनामा पर्न सक्छ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्