Skip to content

बुधबार देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना

कालोपाटी

१३ घण्टा अगाडि

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेश प्रदेशका साथै कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

यस्तै आज राती देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार देशको पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भू-भागको थोरै स्थान तथा मधेश प्रदेशका साथै बागमती, गण्डकी लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार