काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिहरुका समस्या सुन्ने भएका छन् । आज बुधबार प्रधानमन्त्रीले निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग छलफल गर्दै उनीहरूका कुरा सुन्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उद्यमी व्यवसायीसँग छलफल गर्न प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूलाई बोलाएका छन् ।
बिहान ११ बजे उद्यमी व्यवसायीसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधिहरूलाई बोलाएका हुन् । गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहलाई यसअघि नै भेट्न खोजेपनि उनले समय उपलब्ध गराएका थिएनन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्