काठमाडौँ । लायन्स क्लब अफ काठमाडौं डायमण्डले नयाँ पदाधिकारी नियुक्त गर्दै पूर्वपदाधिकारी तथा लायन्स अगुवाहरूलाई सम्मान गरेको छ। बुधबार काठमाडौंको रोयल एलिनाज क्याफेमा आयोजित कार्यक्रममा नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो।
मल्टिपल काउन्सिल चियर लायन केशरबहादुर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चार्टर्ड प्रेसिडेन्ट डा। भद्रा भण्डारी पराजुलीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न लायन्स अगुवालाई सम्मानसमेत गरिएको थियो।
क्लबले आगामी वर्ष रक्तदान कार्यक्रम, मिनभवनस्थित निसहाय सदनमा नियमित भोजन वितरण तथा ग्रामीण क्षेत्रका विद्यालयमा विद्यालय झोला वितरण लगायत सामाजिक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने योजना सार्वजनिक गरेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्