Skip to content

घट्यो सुनचाँदीको मूल्य

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा केही दिनयता लगातार उकालो लागेको सुनको मूल्य मंगलबार भने घटेको छ । गत बिहीबारबाट उकालो लागेको सुनको मूल्यमा मंगलबार ब्रेक लागेको हो ।

सोमबारको तुलनामा मंगलबार ९भदौ ९० छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर ३ लाख २२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ९भदौ ८० ३ हजार २०० रुपैयाँले वृद्धि भएर सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा उक्लिएको थियो । आइतबार (भदौ ७) २ हजार ८०० रुपैयाँले वृद्धि भएर सुनको मूल्य ३ लाख १९ हजार ५०० रुपैयाँ पुगेको थियो ।

गत शुक्रबार ३ हजार ३०० रुपैयाँले बढेर ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार ९ हजार ३०० रुपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ थियो ।

यस्तै, केही दिनयता चाँदीको मूल्य भने निरन्तर ओरालो लागेको छ । मंगलबार चाँदीको मूल्य ६५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९६० मा झरेको थियो । आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँमा थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार