काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य १ हजार २ ०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।योसँगै बिहीबार छापावाल सुनको मूल्य ३ लाख २० हजार ९०० रुपैयाँमा झरेको छ ।
बुधबार १०० रुपैयाँले घटेको सुनको मूल्य ३ लाख २२ हजार १०० रुपैयाँमा थियो । मंगलबार ५०० रुपैयाँले घटेर ३ लाख २२ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य सोमबार ३ हजार २०० रुपैयाँले वृद्धि भएर ३ लाख २२ हजार ७०० रुपैयाँमा उक्लिएको थियो ।
आइतबार २ हजार ८०० रुपैयाँले वृद्धि भएर सुनको मूल्य ३ लाख १९ हजार ५०० रुपैयाँ पुगेको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ९६५ रुपैयाँ रहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य ७५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको थियो ।
मंगलबार ६५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा झरेको चाँदीको मूल्य सोमबार १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९६० मा थियो । आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँमा थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्