काठमाडौं, जेठ २ ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्शा जारी गर्ने घोषणा गरेको छ ।
संघीय संसदमा सरकारको आगाी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्शा सार्वजनिक गर्ने घोषणा गरेकी हुन् ।
उक्त क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख गर्दै उनले भनिन्, ‘तदनुरुप नै छुटेको भूमि समेत समावेश गरी नेपालको नक्शा जारी गरिनेछ ।’
सीमा व्यवस्थापनका लागि थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने कार्यक्रम पनि उनले सुनाइन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्