Skip to content

वास्तविक गरिबलाई जग्गा वितरण गर्न बिडारीको सरकारलाई अनुरोध

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले छिटोभन्दा छिटो वास्तविक गरिबलाई जग्गा वितरण गर्न सरकार समक्ष अनुरोध गरेका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले सो बताउँदै वर्तमान सरकार मुलुकमारा र गरिबमारा हुन नहुने समेत दावी गरेका छन् ।

उनले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताएका छन् । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले अघिल्लो सरकारले गैरसंवैधानिक रुपमा अध्यादेश मार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर संवैधानिक निकायलाई कमजोर पारेको भन्दै ति नियुक्तिहरु बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्