सुदूरपश्चिमका नाकामा अनियन्त्रित भिडः परिक्षण र सुरक्षा व्यवस्था कमजोर, कोरोनाको जोखिम उच्च बन्दै

सिमामा भिड
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ११ ।
दिनदिनै हजारौँको संख्यामा भारतबाट नेपाली नागरिक भित्रिन थालेपछि सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा देखिएको छ । भारतमा अलपत्र परेका नेपाली नागरिकहरु धमाधम बिना सुरक्षा व्यवस्था र बिना चेकजाँच नेपाल भित्रिन थालेपछि जोखिम झनै बढ्दै गएको हो ।

पछिल्लो केहि हप्ता यता भारतबाट सुदूरपश्चिम भित्रिने नेपाली नागरिकको संख्या ह्वात्तै बढेको छ । पछिल्ले १ साता यता सुदूरपश्चिको प्रमुख नाका त्रिनगर भन्सार (गौरिफण्टा) र कञ्चनपुरको गड्डाचौकि हुँदै १० हजार भन्दा बढी नेपालीहरु सुदूरपश्चिम भित्रिएको अनुमान गरिएको छ । त्यस्तै हजारौँ नेपाली नागरिकहरु अहिले पनि सिमानामै अलपत्र परेका छन् ।

नेपाल भारत सिमानाकाबाट भित्रिने हजारौँ नागरिकहरुको परिक्षण र उचित व्यवस्थापन हुन नसक्दा जोखिम झनै बढेको छ । दिनप्रतिदिन कोरोनाको पोजेटिभ केस बढ्दै गएका बेला दैनिक हजारौँ नेपाली नागरिक भारतबाट भित्रिदैछन् तर सुदूरपश्चिम प्रदेश सरकारको तयारी र रणनीति भने शुन्य देखिएको छ ।

पछिल्लो समय सुदूरपश्चिममा एकाएक कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् । अहिले सुदूरपश्चिमभरी संक्रमितको संख्या १४ जसमध्ये ५ जना पुर्ण रुपमा निको समेत भएका छन् । अहिले भेटिएका नयाँ संक्रमितमध्ये अधिकांश भारतबाटै नेपाल आएकाहरु रहेको पुष्ठि भएको छ । यसरी संक्रमितको संख्या बढ्दै जाने तर चेकजाँच र परिक्षणको अवस्था सुस्त हुँदा जोखि झनै बढेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्