भारतबाट भित्रिने सर्वसाधरणको परिक्षण ओझेलमा, घरभित्र बस्ने सांसदको नमुनाले भरियो प्रयोगशाला

सांसदको नमुनाले भरियो प्रयोगशाला
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ११ ।
सुदूरपश्चिम प्रदेशका सांसद तथा कर्मचारीहरुको थ्रोट स्वावको नमुनाका कारण धनगढीको प्रयोगशालामा सर्वसाधरणको नमुना ओझेलमा परेको छ । प्रदेश सभाको बैठक बस्ने भनिएपछि पिसिआर विधिबाट परिक्षण गराउनका लागि मन्त्री, सांसद तथा कर्मचारीको नमुना संकलन गरिएको हो ।

मन्त्री तथा सांसदहरुको परिक्षणका लागि दबाब बढेपछि धनगढीको प्रयोगशालामा परिक्षणका लागि सम्भावित संक्रमितबाट संकलन गरिएको नमुना ओझेलमा परेको छ । धनगढी प्रयोगशालामा पीसीआर विधीबाट परीक्षणका लागि संकलित पाँच सय १९ जनाको नमूना मध्ये दुई सय ६० भन्दा बढि नमूना प्रदेशका मन्त्री, सांसद, कर्मचारी, पत्रकार एवंम् सुरक्षाकर्मीको रहेको अस्पताल स्रोतले बताएको छ ।

भारतबाट भित्रिएका नेपालीहरुको परिक्षण हुनुपर्नेमा घरभित्र बसेका मन्त्री तथा सांसदको परिक्षण भएको भन्दै विरोध सृजना भएको छ । कोरोना भाइरस रोकथाम तथा जोखिम न्युनिकरणमा सुदूरपश्चिम प्रदेश सरकारको गति सुस्त भएका बेला संघिय सरकारबाट पठाएका किटबाट मुख्यमन्त्री, मन्त्री र सांसदहरुको कोरोना परीक्षण गरिरहेका छन् ।

यता मन्त्री र सांसद आफ्नो परिक्षणका लागि तल्लिन बनेका बेला भारतबाट भित्रिएका हजारौँ नेपालीलाई भने बिना परिक्षण र चेकजाँच धमाधम गृह जिल्ला पठाउने काम भईरहेको छ । जनताको स्वास्थ्य र जनता भन्दा प्यारो आफुहरु भएको यो जनप्रतिनिधिको मर्म विपरित भएको भन्दै सर्वसाधरणले सरकारको आलोचना गर्न थालेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्