कोरोना अपडेटः थप १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो

विकास देवकोटा
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ११ ।
आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार दिउँसो १९ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।

प्रवक्ता देवकोटाका अनुसार ४२ जिल्लाका ५ सय २४ पुरुष पुरुष र ७९ महिला गरेर संक्रमितको संख्या ६ सय ३ पुगेको हो । प्रवक्ता देवकोटाका अनुसार शनिबार पर्साको नारायणी अस्पतालबाट डिस्चार्ज भएका ९ जना मध्ये दुई जनामा फेरि संक्रमण देखिएपछि उनीहरु अस्पतालमा भर्ना भएका छन् ।

अन्य सातजना भने घर गएका छन् । नेपालमा संक्रमितको संख्याले ६ सय नाघ्दा निको हुनेको संख्या ८७ पुगेको छ । अहिले ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्