धनगढीमा सम्पन्न भयो सुदुरपश्चिम प्रदेश संकट ब्यबस्थापन केन्द्रको बैठक, कोरोनाको प्रमुख एजेण्डाबारे छलफल

बैठक
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ १ ।
बिहिबार सुदूरपश्चिमको अस्थायी राजधानि धनगढीमा रहेको मुख्यमन्त्री कार्यालयमा संकट व्यवस्थापन केन्द्रको बैठक सम्पन्न भएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको संयजकत्वमा बसेको बैठकले कोरोना लक्षित रहि विभिन्न विषयमा छलफल गरको छ ।

बैठकमा सुदूरपश्चिम प्रदेशभरी कोरोना भाईरस संक्रमणको पछिल्लो अवस्था बारेमा समिक्षा गरिएको थियो । त्यस्तै उक्त भाईरसको सम्भाबित संकट को पुर्ब आकलन र तयारी गर्ने विषयमा पनि छलफल भएको छ ।

बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकास शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिका का मेयर नृप बहादुर वड, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, सेती प्रादेशिक अस्पतालका चिकित्सक तथा सुरक्षा निकाय लगाएतको सहभागिता रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्