कोरोनाभाइरसको नयाँ भेरियन्ट फेला, खोपले पनि काम नगर्ने

Ad
  • कालोपाटी सम्बाददाता

कोरोनाभाइरसको को नयाँ भेरियन्ट फेला परेको छ । दक्षिण अफ्रिकाबाट सुरुभएको यो भेरियन्ट विश्वका अन्य मुलुकहरूमा पनि फैलिएको पाइएको हो । यो भेरियन्ट थप सङ्क्रामक र यो  भेरियन्ट  विरुद्ध खोपले पनि असर नगर्ने भनिएको छ   ।

दक्षिण अफ्रिकाका वैज्ञानिकका अनुसार यो वर्षको मे महिनामा पहिलोपटक सी.१.२ भेरियन्टको बारेमा पत्ता लागेको थियो । १३ अगस्तसम्म यो भेरियन्ट चीन, रिपब्लिक अफ कंगो, मरिसियस, बेलायत, न्यूजिल्याण्ड, पोर्चुगल र स्वीटजरल्याण्डसम्म फैलिसकेको थियो ।

भाइरोलोजिस्टका अनुसार यो म्युटेसन विश्वभर चलिरहेको खोप अभियानका लागि चुनौती बनेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्