थप १२६८ जनामा कोरोना संक्रमण,९ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

देशभर पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोनाभाइरसको (कोभिड-१९ ) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ७६८२९५ जनामा र एन्टिजेनविधिबाट ८४९३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा २१९५ जना संक्रमणमुक्त भएका छन् भने  ९ जनाको मृत्यु भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्